दफा १६
क्षति सम्बन्धी दायित्व क्षति सम्बन्धी दायित्व
(१) केन्द्रले वा कर्मचारीले आफ्नो काम, कर्तव्यको सिलसिलामा गरेको कुनै पनि काम कारबाहीको सम्बन्धमा केन्द्र वा कर्मचारीको विरुद्ध कुनै क्षति सम्बन्धी दावी लाग्ने छैन ।
तर कर्मचारीले लापरबाही गरेको कारणबाट वा जानी जानी गरेको काम कारबाहीबाट कसैलाई क्षति वा नोक्सानी हुन गएमा सम्बन्धित व्यक्तिले नेपाल सरकार मार्फत केन्द्रमा दाबी गर्न सक्नेछ ।
(२) केन्द्रले आफ्नो काम, कर्तव्यको सिलसिलामा गरेका कुनै काम कारबाहीबाट कुनै व्यक्तिलाई भएको खास प्रकारको क्षति वा नोक्सानी बापत उचित हर्जाना उपलब्ध गराउन केन्द्रले आवश्यक व्यवस्था गर्नेछ ।
(३) उपदफा (२) बमोजिम दिइने हर्जाना केन्द्रले नेपाल सरकारसंग परामर्श गरी बीमा कम्पनी मार्फत वा अन्य तरिकाले दिने व्यवस्था गर्नेछ ।